दैलेख, पुस ६ - श्रीमती लिन चार महिना अघि भारतको सिम्ला पुगेका दुल्लु -१ का दिपककुमार बुढा आफै बेपत्ता भएका छन् ।
सिम्लामा बस्दै आएका माईतीलाई छोराछोरी सहित भेट्न पुगेकी श्रीमती विष्णु बुढालाई लिन गएका उनी अझैं सम्पर्कमा नआएको पारिवारिक श्रोतले जनाएको छ । बुहारी २ नाति नातिनाको साथमा माईत गएकी हो उनीहरुलाई यता ल्याउन छोरो गयो । सुसुरालीमा छ न अन्त कतै । दिपककी आमा देउकलाले भनिन्, कसैबाट मारियो की भन्ने चिन्ताले सताउन थाल्यो ।
परिवारलाई घर ल्याउन उनी भदौ ६ गते दुल्लूबाट त्यस तर्फ हिँडेका थिए । सिम्ला पुग्ने बेला भयो आमा, ससुराली पुगेपछि फोन गरुँला भन्दै थियो त्यस यता सम्पर्कमै रहेन् देउकलाले भनिन् ।
सिम्लाबाट फिर्तिएका गाउँलेले उनको बारेमा शंकास्पद खबर सुनाएपछि बुढा परिवारलाई झन् चिन्ताले सताएको छ । स्थानीय बखत थापाले भने, अब त बाँचेको छ कि भन्ने पत्यारै लाग्न छाड्यो । त्यहाँ काम गर्न गएका गाउँकै प्रत्यक्षदर्शीले दिपकलाई हमीरपुर प्रहरीले पक्रेर लगेको खबर घरमा सुनाएका थिए ।
हमीरपुर जिल्ला प्रभारी पुलिस चौकी जाहूमा दिपकलाई थुनामा राखेको खबर पाएपछि उनका भिनाजु राजेन्द्र थापा हमीरपुर पुगेर समेत फर्किए । प्रहरी चौकीमा पुगेर मैंले दिपकबारे सोधपुछ गरेँ । केहि गल्ती नै गरेका हुन् भने कारबाही गर्नुस तर वास्तविकता बताईदिनुस भन्दा उल्टै हप्की खाएँ राजेन्दले भने । प्रहरीले उनको झोला र लत्ताकपडा भिनाजु राजेन्दको जिम्मा दिएर पठायो । तर अवस्था भने अझैं अज्ञात नै रह्यो ।
दुल्लू नमुना गाविसका कार्यालय सहायक समेत रहेका दिपक हराएपछि उनका घरपरिवार आफन्तजन रोएर रात दिन बिताईरहेका छन् । कारण नखुलाई भारतमा प्रहरीले बेपत्ता बनाएकाले उनको वास्तविक स्थिति पत्ता लगाउन सक्दो सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks