कावासोती, मंसिर २१ - थारू कल्याणकारिणी सभाका महामन्त्री मझिलाल थारू थनेतले राजनीतिक दलहरुले सत्ता प्राप्तिको लोभमा एक मधेस एक प्रदेशलाई स्वीकार गरे आफूहरुले बलिदानीपूर्ण आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मंगलबार प्रेस चौतारी नेपाल नवलपरासीले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘एक मधेस एक प्रदेश नभई, तराई बहुप्रदेश हुनुपर्ने आफूहरुको माग सम्बोधन नभए बलिदानी आन्दोलन गर्नेछौँ ।’
राष्ट्रिय एकता र अखण्डतालाई कायम राख्न तराईमा बहुप्रदेश हुनुपर्छ उल्लेख गर्दै उनले थरूहट, मधेस प्रदेश भए आफूहरुलाई मान्ने नहुने बताए ।
सर्वोच्च अदालतले बिनानागरिकता मतदाता परिचयपत्र दिन नहुने निर्णय गरिसकेको अवस्थामा राजनीतिक दलहरुले तीन/चार महिना नेपाल बसेकालाई समेत मतदाता परिचयपत्र दिने काम गरेमा कडा आन्दोलनमा उत्रिन वाध्य हुने उनको चेतावनी थियो ।
राज्यको सार्वजनिक सेवामा थारूको छुट्टै समानुपातिक प्रतिनिधित्वको सुनिश्चित हुनुपर्ने माग गर्दै उनले अब बन्ने नयाँ संविधानमा थारूको आधिकार समावेश गरिनुपर्नेमा जोड दिए ।
जेठ १४ भित्र संविधान निर्माण गरी घोषणा गर्न दबाब दिने उद्देश्यले पुस १० गतेदेखि एकमहिने आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरिसकेको महामन्त्री थनेतले बताए ।
'हामी यही संविधानसभाले संविधान जारी गरोस् लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरोस् भन्ने चाहेमा छौं' उनले भने ।
रासस
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks