Loving nepal news

Saturday, December 18, 2010

काजोल तीन वर्ष फिल्म नखेल्ने



मुम्बइ (एजेन्सी), पुस ४ - घरपरिवारको जिम्मा नहोइन्जेलको कुरा अर्कै हो । विवाहित नहोइन्जेल 'कुछ कुछ होता है' नायिका काजोल कतिसम्म व्यस्त थिइन् भने उनी एक महिनामै लगातार चार/पाँचवटा फिल्ममा पनि अभिनयमा व्यस्त रहन्थिन् ।

नायक अजय देवगणलाई भेटेपछि उनको जीवनमा छाएको वहार र भिन्न शैलीको व्यस्तताको कुरा भने अर्कै छ ।

यस वर्ष बजारमा आएका 'वी आर फ्यामिली', 'माई नेम इन खान' फिल्महरुको चर्चापरिचर्चामा छाइरहेका बेला काजोलले अबका केही वर्ष फिल्म नखेल्ने घोषणा गरेकी छन् ।

यी ३५ वर्षेले यो निर्णय यसै गरेकी होइनन्, बरू आफ्नो घरपरिवारलाई सक्दो समय दिनका लागि उनले यो निर्णय गरेकी हुन् । केही महिनाअघि जन्मेको छोरो युगलाई समय दिनका लागि उनले फिल्मी-फुर्सतमा बस्न लागेकी हुन् ।

यसअघि उनकी छोरी न्यासा पनि छन् । काजोल अब केही समय भने आफ्नो आगामी फिल्म 'तुनपुरका सुपर हिरो'को प्रोमोसनमा लागिपर्ने

भएकी छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks