काठमाडौ, पुस ३ - चिसो यामसँगै तापक्रम घट्दै छ । चिसो हावाको असर देखिन सुरु भइसकेको छ । चिसोसँगै हृदयाघात रोगीहरूको संख्यामा समेत झन्डै दोब्बर अनुपातमा वृद्घि भएको छ ।
'जाडो याममा हृदयाघातको खतरा गर्मीको दाँजोमा दोब्बर हुन्छ,' चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत मनमोहन कार्डियोथोरापिक तथा ट्रान्सप्लान्ट सेन्टरका मुटु तथा फोक्सो शल्यक्रिया विभाग प्रमुख प्रा.डा.भगवान् कोइराला भन्छन्, 'यति मात्र नभई यो मौसममा हृदयाघात हुने सम्भावना अन्य मौसमको दाँजोमा बढी हुन्छ ।'
यो मौसममा तापक्रममा कमी र चिसो बढ्नाले मुटुरोगीको समस्यामा वृद्घ िहुन्छ । जाडो याममा रगत जम्ने खतरा उत्पन्न गर्ने प्रोटिनको स्तरसँगै रक्तचापसमेत वृद्घ िहुन्छ । 'हामीकहाँ जाडो याममा इमर्जेन्सी एन्जियोप्लास्टि गर्मीको दाँजोमा बढी हुन्छ,' नर्भिक इन्टरनेसनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा.भरत रावत भन्छन्, 'रक्तचापका रोगीले पहिले दुई सातामा एकपटक परीक्षण गरे पनि जाडो याममा हरेक साता जचाउनुपर्छ ।' चिसो याममा सामान्यतः रक्तचाप बढेको पाइन्छ । रक्तनली खुम्चिएकाले रक्तचापमा वृद्घ िदेखिएको हो । डा. रावतका अनुसार चिसो याममा केही रक्तचापका रोगीमा त औषधिको मात्रा समेत बढाउनुपर्ने स्थिति हुन्छ ।
मौसम चिसो हुनाले जाडो याममा शरीरको न्यानोपना कायम राख्न मुटुलाई कडा मिहिनेत पर्छ । मुटुका धमनीहरू नजमोस भन्नाका लागि मिहिनेत जरुरी भएको हो । यस्तै बिहान ४ देखि ५ बजे रक्तचाप सबैभन्दा बढी हुने गरेको छ । 'यसैले अन्य मौसममा समेत बिहान सबैभन्दा बढी हृदयाघात र स्ट्रोक हुन्छ,' डा.रावत भन्छन् । बिहान 'कार्टिसोल' हार्मोन सबैभन्दा बढी निस्किने भएकाले समेत रक्तचापमा वृद्घि हुने गरेको अध्ययनले देखाएको छ ।
प्रा.डा.कोइरालाका अनुसार जाडो मौसममा धमनी कडा हुन्छ । यसले रक्तप्रवाहमा रोकावट आउन सक्छ । यसले मुटुलाई कम मात्रामा अक्सिजन प्राप्त
हुन्छ । यी कुराहरू एकैसाथ हँुदा हृदयाघात हुन्छ । यो स्थिति मुख्यतः मुटुरोगी र परिपक्व उमेरकालाई बढी देखिने गरिएको छ । हृदयाघातबाट हुने मृत्युको संख्यासमेत गर्मीको दाँजोमा जाडो याममा बढी हुन्छ । 'हृदयाघातका रोगीहरूको उपचार गर्दागर्दै पनि गर्मीको दाँजोमा जाडोमा मृत्युदर बढी देखिने गरिएको छ,' डा.कोइराला बताउँछन् ।
जाडो याममा घामको कमीसमेत मुटुरोग प्रक्रिया बढाउन सहयोगी मान्ने गरिन्छ । घामको कमीले 'मुड'को समस्यासँगै तनावको खतरामा समेत वृद्घ िहुन्छ । यसको नराम्रो प्रभाव मुटुमा समेत पर्छ ।
हृदयाघातका रोगीको अध्ययनबाट थाहा भएअनुसार उनीहरूको शरीरमा भिटामिन 'डी' को स्तर स्वस्थ व्यक्तिको दाँजोमा कम हुन्छ । जाडोमा हृदयाघातमा वृद्घ िहुने अर्को कारण 'लू'समेत रहेको केही विशेषज्ञको धारणा छ । जाडोमा मुटुको समस्यामा वृद्घ िदेखिने गरिए पनि कुनै ठूलो अध्ययन भने गरिएको छैन ।
जाडोमा मुटुरोगीहरू न्यानोमा बस्नुपर्ने डा.कोइराला आंैल्याउँछन् । यो मौसममा चिसोले रक्तनलीहरू खुम्चिएका हुन्छन्, जसले रक्तप्रवाह कमी हुन्छ । पहिलेदेखि नै 'प्लाक' ले अवरुद्घ रहेको रक्तनली भएकाहरूमा रक्तनली बन्द हुने खतरा बढी हुने कुरा औंल्याउँदै प्रा.डा.कोइराला भन्छन्, 'यो मौसममा मुटुले बढी शक्ति खर्चेर पम्प गर्नुपर्छ ।'
चिसो याममा खानपानसमेत सन्तुलित नरहँदा मुटुको समस्या बढ्ने धारणा विज्ञको छ । जाडो याममा भने हलुका खाना खानुपर्ने डा.रावत बताउँछन् । साँझपख खाँदा छिटो खानुपर्ने र रक्सी सेवन गर्ने भए थोरै गर्ने तर धुम्रपान भने गर्नुनहुने चिकित्सकीय घारणा छ । 'मुटुका समस्या भएकाहरूले चिसोबाट बच्नु अपरिहार्य हुन्छ,' डा.रावत भन्छन्, 'उनीहरूले चिसो हावामा घुम्नेसमेत गर्नुहुन्न ।'
म्यासाचुसेट जनरल अस्पिटल, हृदय रोग केन्द्रका अनुसार जाडो याम हृदयाघात हुने मुख्य समय हो । 'कोरोनरी आटि्र डिजिज' भएकाहरू र मुटुको रक्तनलीमा कोलेस्ट्रोल जमेकाहरू जाडो मौसममा हृदयाघातको उच्च जोखिममा पर्ने केन्द्रले जनाएको छ । यस्तै जाडो याममा कोरोनरी आटि्र डिजिज भएकाहरूसमेत जाडो याममा छाती दुखाइ एन्जाइृनाको अनुभूति गर्छन् । 'मुटुका समस्या भएकाले जाडो याममा कम बोसो, चिल्लो भएको आहार लिनुपर्छ,' प्रा.डा.कोइराला भन्छन्, 'शारीरिक तौल र रक्तचाप नियन्त्रणमा राख्नुका साथै कोलेस्ट्रोलको स्तरसमेत सही राख्नुपर्छ ।'
अमेरिकन हर्ट एसोसिएसनका अनुसार जाडो याममा घरबाहिर निस्कँदा रक्सी सेवन गर्नुहुँदैन । यो मौसममा प्रारम्भिक रूपमा रक्सीले न्यानोपनाको अनुभूति दिन्छ किनभने छालामा भएका रक्तनलीहरू फैलिन्छ । यसपछि शरीरका महत्त्वपूर्ण अवयवमा विस्तारै न्यायोपना कम हुँदै जान्छ ।
बि्रटिस मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनअनुसार वर्ष भरिमा एक डिग्री तापक्रममा कमीले अगामी २८ दिनभित्र २ सयजना अतिरिक्त व्यक्तिलाई हृदयाघातको चपेटामा लिन्छ । लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका अध्ययनकर्ताले बूढापाका र मुटुका समस्या भएकालाई चिसो यामले जोखिममा पार्नै उल्लेख छ ।
उक्त अध्ययनलाई लक्षित गर्दै बि्रटिस हर्ट फाउन्डेसनले हृदयाघातका जोखिम भएकालाई चिसो याममा शरीरलाई न्यानो राख्न अतिरिक्त सुरक्षाका उपाय अपनाउने सल्लाह दिएको छ ।
मुटु समस्या भएकाहरू
- घरबाट न्यानो लुगा लगाएर मात्र बाहिर निस्कनुस्
- चिसो हावाबाट आफूलाई जोगाउनुस्
- टाउकोलगायत सम्पूर्ण शरीरलाई छोपेर राख्नुस्
- गरिष्ठ खाना बढी सेवन नगर्नुस्
- सक्दो पानी पिउनुस्
- व्यायाम नगर्ने व्यक्ति आवेशमा आएर आवश्यकताभन्दा बढी श्रम नगर्नुस्
- धेरै बढी रक्सी सेवन नगर्नुस्
- धुम्रपान पटक्कै नगर्नुस्
- अनियन्त्रित रक्तचाप भएकाहरू चिसो याममा बिहान नहिँड्नुस्
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks