
कान्तिपुर संवाददाता
काठमाडौ, मंसिर २८ - पारिवारिक तथा प्रेमकथा समेटिएको नेपाली कथानक चलचित्र 'संसार आफ्नै' को सम्पूर्ण छायांकन सकिएको छ । ग्रामीण र सहरी दुवै परिवेश बोकेको चलचित्र सम्पादन सुरु भएको बताइएको छ । काठमाडौं, धादिङ, कुलेखानी, गोरखा, नुवाकोट, चित्लाङलगायतका सुन्दर दृश्य समेटिएको चलचित्र रञ्जित रानाले निर्देशन गरेका हुन् ।
झरना थापा, सुमन सिंह, गोविन्द शाही, कमलकृष्ण, जेनी कुँवर, ममता प्रधान, शुभेच्छा थापा, सरोज केसीलगायतको अभिनय रहेको चलचित्र आगामी भदौमा रिलिज गर्ने योजना रहेको निर्माता गोविन्द शाहीले बताए । युवराज राईको छायांकन रहेको चलचित्रको कथा लेखन युगेश रायमाझीले गरेका छन् भने नृत्य कविराज गहतराज, द्वन्द्व अष्ट महर्जन र संगीत वसन्त सापकोटाले । चेलिबेटी बेचबिखनबारे गत वर्ष 'कहाँ छौ कहाँ' बनाएका गोविन्दले यसपटक युवापुस्ताको पारिवारिक पे्रमकथा समेटिएको बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks