पाल्पा, मंसिर २३ - एकाघरका तीन दाजुभाईको एचआईभि/एड्सबाट मृत्यू भएपछि उनीहरुका श्रीमती समेत गाउँबाटै विस्थापित भएका छन् । पुर्वी पाल्पाको रामपुर-१ प्याकलुकका तीनभाईको एड्सबाट मृत्यू भएको हो ।
जेठा बुद्धीनाथ, माहिला कमल र कान्छो काले गौतमको एड्सबाट मृत्यू भएको आफन्त कृष्णराज अर्यालले बताए । मृत्यूपछि बुद्धीनाथ र कमलका श्रीमतीले पनि गाउँमा छाडेका छन् । कालेको भने अविवाह थिए । उनका अनुसार भारतको दिल्ली काम गर्न गएका बेला उतै एचआईभि/एड्स भएको थियो । बुद्धीनाथको गतवर्ष माहिलो र कान्छोको दुइ वर्षअघि नै मृत्यु भएको थियो ।
'श्रीमानको एड्सबाट मृत्यु भएको थाहा पाएपछि श्रीमतीहरुको पनि रगत जाँच गर्दा संक्रमित देखियो' अर्यालले भने, 'दुवै जना यहाँ बस्न मान्नुभएन दिल्लीतीरै बस्छौं भन्दै जानुभयो ।'
उनीहरुको रामपुर, प्याक्लुकस्थित घरमा ताला लगाईएको छ । तीन जनाको तीन घर प्याकलुक पुल नजिकै छ । 'यो सुकुम्वासी जग्गा हो' वडाका पुर्व अध्यक्ष दुर्गाबहादुर घर्तीले भने, 'वर्षौ भईसक्यो यी घरमा ताला लागेको । तर, उनीहरु आएकै छैनन् ।'
तीन घरमा ताला लागेर बसेको छ भने लिपपोत नभएपछि भत्किने अवस्थामा पुगेको छ । आफ्नो जग्गा नभएको र गुजारा गरेर खान नसक्ने भएकोले पनि श्रीमतीहरु आफ्ना श्रीमानले काम गर्ने कम्पनीमै रोजगारीका लागि गएको हुन सक्ने स्थानीय छिमेकी बताउँछन् ।
जेठा बुद्धीनाथको दुई छोरा मध्ये एक जना संक्रमित छन् भने एक जनाको रक्त परिक्षण नेगेटीभ नै छ ।
'एउटा छोरा रामपुरमै बसेर पढेका छन्' उनले भने, 'अर्को दिल्ली आमासंगै बस्छन् ।' जेठोछोरा अर्यालको घरमै बसेर पढ्दै आएका छन् । स्थानीय दरैठांटी उच्च माविमा अध्ययन गर्ने छोरालाई छात्रवृत्ति दिलाइएको विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष समेत रहेका अर्यालले बताए ।
माहिलो कमलको श्रीमतीलाई एड्स भएको थाहा छ । तर, दुई छोरालाई छ कि छैन भन्ने थाहा छैन । रगत जांच गराएको छैन । 'अहिले सम्पर्कमा छैनन् ।' स्थानीयले माहिला कमलका दुई भाई छोराको रगत परीक्षण गरेर एड्स छैन भने नेपालमै ल्याएर पढाउनुपर्ने बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks