
कान्तिपुर संवाददाता
काठमाडौ, मंसिर २८ - एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमति बिना सरकार निर्माण भए मुलुक थप जटिलतामा फंस्ने बताएका छन् । उनले बहुमतीय सरकारले शान्ति र संविधानलाई पूर्णता दिन नसक्ने बताए ।
आफ्नै निवासमा रिपोटर्स क्लवको साक्षात्कार कार्यक्रममा मंगलबार बिहान उनले कुनै व्यक्ति विशेषलाई प्रधानमन्त्री बनाउँदैमा समस्याको समाधान नहुने उल्लेख गरे । 'सहमतिले कुनै व्यक्तिालाई अगाडि सार्छ भने त्यो सबैका लागि मान्य हुनुपर्छ,'उनले भने-'सहमतिको आवश्यकता छ,एमाले त्यसका लागि प्रयत्नशील छ ।'
एमाले राष्ट्रिय सहमतिका आधारमा सहमतीय सरकारको पक्षमा रहेको भन्दै उनले पार्टीको पूर्व अडानमा कुनै परिवर्तन नभएको बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks