विमल खतिवडा
पर्वत, मंसिर २७ - पर्यटन बर्ष नजिकिदैं गएको समयमा यहाँ निर्मित मुलुककै अग्लो झोलुङ्गे पुल घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । सदरमुकामबाट कटुवाचौपारी गाविस जोड्ने मोदिखोलामा निर्मित १ सय ३५ मिटर अग्लो र ३ सय ४४ मिटर लामो यो पुलमा दैनिक सयौंको संख्यामा पर्यटक घुम्न आउने गरेका हुन् ।
मौसम सफा भएकाकारण मंसिरबाट पुल घुम्न आउने पर्यटकको संख्या दोब्बरले बृद्धि भएको हो । 'पहिला त दैनिक तीनसय सम्म आन्तरिक र बाह्य पर्यटक पुलको अवलोकन गर्न आउने गर्थे,'पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शिवशर्मा पौडेलले भने,'तर तीन साता भयो पुलमा दैनिक आठ सय भन्दा बढी पर्यटक घुम्न आउने गरेका छन् ।'
उनका अनुसार प्रत्येक शनिवार मात्र १ हजार भन्दा बढी पर्यटकको पुल हेर्न ताँत लाग्ने गरेको छ । अधिकांश विद्यालयहरुले पुललाई शैक्षिक भ्रमणको केन्द्रबिन्दु बनाउँदै आएका छन् । शैक्षिक भ्रमणका लागि तनहुं,गोरखा,चितवन,पोखरा,काठमाडौंदेखि विभिन्न विद्यालय र क्याम्पसबाट गाडी रिजर्भ गरेर विद्यार्थी शिक्षक आउने गरेका छन् ।
पछिल्लो समय पुलमा विद्यार्थी र शिक्षकको भिड निकैनै लाग्ने गरेको अध्यक्ष पौडेल बताउँछन् । उता आन्तरिक पर्यटकहरु भने परिवारका साथ सार्वजनिक र निजी सवारी साधन मार्फत पुलम्ा रमाउन आउने गरेका छन् । विदेशी पर्यटकले भने पछिल्लो समय अग्लो पुललाई आफ्नो गन्तब्य बनाउन थालेका हुन् ।
म्याग्दी र मुस्ताङ घुम्न जाने पर्यटकहरु अग्लो पुलको अबलोकन नगरी यात्रा तय गर्दैनन । पोखरा आएका विदेशी पर्यटकहरु साईकल चढेर पुल सम्म आउने गरेका छन् । 'सुरुमा त आन्तरिक पर्यटकको मात्र पुलमा घुइर्ँचो लाग्ने गर्द थियो,'समितिका अध्यक्ष पौडेलले भने,'एक महिना भयो विदेशी पर्यटकको अग्लो पुलमा बाक्लो रुपमा भिड लाग्ने गरेको छ । विदेशी पर्यटक घुम्नका लागि मात्र आउने गरेका छन् ।
आन्तरिक पर्यटकहरु भने परिवारका साथ पुलमा रमाइलो गर्न आउने गरेकाले पाल टांगेर दुइ दिन सम्म पुल छेउमै बस्ने गरेका छन् । पुललाई प्रमुखस्थल बनाएर बनभोज खानेहरुको समेत हिजो आज पुलमा जमघट हुने गरेको छ ।
पुलको बिच भागबाट धौलागिरी,माछा पुच्छ्रे,निलगिरी,अन्नपूर्ण लगायतका आधा दर्जन हिमश्रृर्खला एकै साथ देखिने भएकाले विहानी पख पुलमा हिमाल हेर्नेको लाम लाग्ने गरेको छ । पुलमा पर्यटकलाई आकषिर्त गर्न बञ्चि जम्पको तयारी समेत तिब्र पारिएको पुल निर्माण समितिले जनायो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks