Loving nepal news

Saturday, December 11, 2010

समस्यामा करिश्मा


मुम्बई (एजेन्सी), मंसिर २६ - नायिका करिश्मा कपुरको दाम्पत्यजीवनमा समस्या आएको छ । दिल्लीका व्यवसायी सञ्जय कपुरसँग सात वर्षअघि विवाह गरेकी 'राजा हिन्दुस्तानी' नायिकाले सम्बन्ध थप बिग्रेपछि डिभोर्सबारे सोचिरहेको बताइएको छ ।

'डिभोर्सका लागि करिश्माले अदालतमा केही दिनभित्रै निवेदन बुझाउने तरखर गर्दै छिन्,' स्रोतले बतायो, 'उनका लागि नराम्रो विवाहबाट स्वतन्त्र हुने समय आइसकेको छ ।' नब्बेको दशकका उत्कृष्ट नायिका करिश्मा हाल दुःखी साथै एक्लो महसुस गरिरहेको बताइएको छ । उनी केही महिनादेखि मुम्बईमा बसिरहेकी छन् । तर, लामो समयसम्म टाढा बस्दा पनि सञ्जय एकपटक उनलाई भेट्न आएका छैनन् ।

पहिलो सन्तान कोखमा हुँदा पनि करिश्मा र सञ्जयबीच विवाद भएको थियो । छोरी समाइराको जन्मपछि उनीहरूमा भएको समस्या हल भएको थियो । तर, दोस्रो सन्तान गर्भमा हुँदा सञ्जयले फेरि विवाहेत्तर सम्बन्ध सुरु गरेका कारण उनले डिभोर्सको तयारी गरेकी हुन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks