
कान्तिपुर संवाददाता
काठमाडौ, पुस ८ - परराष्ट्र मन्त्रालयले जारी गर्न लागेको ३२ पेजको मेसिन रिडबेल पासपोर्टभित्र मुलुक चिनाउने १७ वटा प्रतीकात्मक तस्बिर समेटिएको छ ।
राष्ट्रिय चिह्नको निर्णय नभएकै बेलामा मुलुक चिनाउने प्रतीकात्मक तस्बिर राख्नुपरेकाले मन्त्रिपरिषद्को सहमतिमा यी तस्बिर छनोट भएको परराष्ट्रका सहसचिव एवं केन्द्रीय रादानी कार्यालयका प्रमुख भरत पौड्यालले जानकारी दिए ।
छानिएका तस्बिरमा पाल्पाली करुवा, बाघ, देशे मरु झ्या, नीलगाई, हात्तीको बथान, उपल्लो मुस्ताङ, कुमारी घरभित्रको कलात्मक दृश्य, धान रोपाई, कृष्णसार, माछापुच्छ्रे, सिंहदरबार र चियाबारी छन् । यस्तै, गैंडा, सगरमाथा, राष्ट्रपति भवन, बेगनास ताल र एक दुर्लभ चरा समेटिएका छन् । पासपोर्टमा वाटरमार्क भने डाँफे चराको छ ।
दिन एक महिना
सहसचिव पौड्यालले बुधबारदेखि भने एमआरपीका लागि दर्ता गरेको एक महिनापछि मात्रै पासपोर्ट दिन सकिने अवस्था भएको बताए । भारतले कागजात छानबिनपछि सामान्यतया ४५ दिनपछि र पाकिस्तानले तीन महिनामा मात्रै एमआरपी दिने गरेको उदाहरण दिँदै उनले उपत्यकाका तीन जिल्लाबाट एमआरपी वितरण गर्ने प्रबन्ध र व्यवस्थापन भइन्जेल सम्पूर्ण चाप थेग्न मुस्किल रहेको बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks