Loving nepal news

Thursday, December 9, 2010

निकोललाई सर्प पाल्ने चाहना


लस एन्जल्स (एजेन्सी), मंसिर २४ - सेलिबि्रटीहरू कुकुर/बिराला मात्रै होइन, डरलाग्दा जंगली जन्तुलाई घरपालुवा बनाउने मामिलामा पनि अगाडि छन् । पप-किङ मानिएका माइकल ज्याक्सनले चिम्पान्जीलाई वनबाट ल्याएर राखेका थिए । अभिनेता जर्ज क्लुनीले सुंगुर, बक्सर माइक टाइसनले बाघ र अभिनेत्री क्रिस्टन स्टेवार्टले ब्वाँसोलाई घरपालुवा बनाएका छन् । यस्तै अनौठो रुचि राख्नेमा अभिनेत्री निकोल किडम्यान पनि देखा परेकी छन् । उनले सर्प पाल्ने इच्छा लागेको छ रे ।

अस्ट्रेलियन मूलकी हलिउड अभिनेत्री निकोलले केही वर्षयता अल्पाका पालिरहेकी छन् । तर, त्यतिले नपुगेको भन्दै उनले आफ्नो फार्ममा थप अनौठा जनावर पाल्ने सोच बनाएको बताइन् । एक टीभी अन्तर्वार्तामा नायिकाले 'केही अनौठा जनावर पाल्न मन छ,' उनले भनिन्, 'सर्प मनपर्छ । त्यसैले केही समयपछि सर्प पाल्ने सुरमा छु ।' तर, उनको सर्प पाल्ने चाहनाले केही वर्ष कुर्नुपर्ने देखिन्छ किनभने नायिकाको दुईवर्षे छोरी सन्डे रोज अझै सानै छन् र उनलाई सर्पसँग खेल्न खतरनाक हुन सक्छ ।

अनौठा लाग्ने जनावरप्रति आकषिर्त हुने 'कोल्ड माउन्टेन' स्टारले अहिले पालिरहेको अल्पाका 'धेरै सुन्दर' भएको बताइन् । 'हामीले अल्पाकाको बथान पालेका छौं । लामो परेलाले उनीहरूलाई सुन्दर र कुल देखाउँछ,' ४३ वषर्ीया नायिकाले भनिन्, 'पहिलेदेखि नै मलाई यस्ता अनौठा जनावर पाल्ने मन थियो । तर, अहिले फार्ममा अल्पाकाबाहेक अनौठा देखिने अरु छैनन् ।' छोरी सन्डेले अल्पाकासँग खेल्न रुचाउने गरेको पनि उनले खुलाइन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks