Loving nepal news

Saturday, December 4, 2010

कानुनी फन्दामा याना


कान्तिपुर संवाददाता

मुम्बई (एजेन्सी), मंसिर १९ - फिल्मी गीत 'बाबुजी जरा धिरे चलो...' मा आइटम डान्समार्फत दशकअघि मोडल याना गुप्ताले रातारात बलिउड तताएकी थिइन् । उनैका कारण साता दिनदेखि भारतीय फिल्मनगरी फेरि तमतमाएको छ । यसपटक यी चेक-इन्डियन मोडलको आइटम डान्सले नभई उनको फेसनका कारण । पछिल्लो फेसन-स्टन्टले उनलाई विवादमा मात्र पारेको छैन, अदालतसम्म तानेको छ ।

बालबालिकाका लागि आयोजित च्यारिटी समारोहमा सहभागी यानाको 'फेसन मालफङ्सन' भएपछि अहिले भारतभर हो-हल्ला फैलेको छ । त्यो समारोहमा याना छोटो पहिरनमा थिइन्, तर भित्री कपडाविहीन रूपमा । तस्बिरहरूबाट त्यो रहस्य खुलेपछि उनी विवादमा परेकी हुन् । सुरुमा 'फेसन मालफङ्सन' भएको भनिए पनि पछि उनले सबैको ध्यान आफूतिर तान्न 'फेसन-स्टन्ट' गरेको आरोप लागेको छ ।

'दम' फिल्मको उक्त आइटम गीतमा सेक्सी नृत्य गरेपछि सुरु भएको यानाको सफलता धेरै लामो समय टिक्न सकेन ।

मनोरञ्जन क्षेत्रबाट ओझेल पर्दै गएकी आफूप्रति सबैको ध्यानाकर्षण गर्न ३१ वर्षीया मोडलले त्यस्तो निन्दनीय तरिका अपनाएको अड्कल लगाइएको छ । कारण जे भए पनि सार्वजनिक स्थलमा अश्लीलता फैलाएको भन्दै एक सोसल एक्टिभिस्टले उनका विरुद्ध अदालतमा मुद्दा दायर गरेका हुन् । मुद्दामा फोटोग्राफर पनि तानिएका छन् ।

ट्याबलोइडमा यानाको अन्तःवस्त्रविहीन फोटो देखेपछि आफू चकित भएको ती एक्टिभिस्टले बताएका छन् । सार्वजनिक समारोहमा भएको उक्त 'फेसन मालफङ्सन' बारेको प्रश्नमा यानाले मस्किँदै आफू 'नो-प्यान्टी गर्ल' भएको बताएपछि अहमदले भारतीय समाज र संस्कृतिलाई थप अपमान गरेको उल्लेख गरेका छन् । आफूले अदालतको चक्कर लगाउनुपर्ने भएपछि यानाले यसबारे भने मुख खोलेकी छैनन् ।

भित्री कपडा नभएर समारोहमा देखिने मामिलामा याना पहिलो भने होइनन्् । केही समयअघि मात्र 'फरेब' नायिका समिता सेट्टीको त्यस्तै खालको फोटो सार्वजनिक भएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks