Loving nepal news

Friday, December 3, 2010

हात्तीपोलोमा स्विजरल्याडको 'इएफजी' च्याम्पियन


दीपेन्द्र बडुवाल

भरतपुर, मंसिर १७ - पश्चिम चितवनको मेघौलीमा जारी २९ औ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताको उपाधी स्वीजरल्याण्डको ईएफजीले चुमेको छ । ईएफजीले धेरैको सम्भावनालाई झुठो सावित गर्दै उपाधी माथि कब्जा जमाएको हो ।

खचाखच दर्शकले भरिएको मेघौली विमान स्थलमा सम्पन्न फाइनल खेलमा ईएफजीले युएईको सिप्योजलाई ५ को विरुद्ध ६ गोल गर्दै २९ औं संस्करणको विजेता बन्न सफल रह्यो । विजेता टिम यस वर्ष मात्रै पोलोमा सहभागी भएको आयोजकले जनाएको छ । ईएफजीले जित्नेमा धेरैले शंका गरेपनि सबैको शंकालाई झुठो सावित गर्दै उसले उपाधी आफ्नो पोल्टामा पार्न सफल रह्यो । यसैगरि फाईनलमा हारेका युएईको सिप्योज दोश्रो स्थानमा झरेको छ ।

यसै गरि आजै सम्पन्न तेश्रोको लागि भएको प्रतियोगितामा स्कटल्याण्डको सिभासरिगलले नेपालको नेशनल पार्कलाई ७ को विरुद्ध ८ गोलले हराउदैं तेश्रो बनेको छ । २९ औं पटकको संस्करण सम्म आईपुग्दा ८ पटक विजेता बनेको नेपालको नेशनल पार्क टिम यस वर्ष भर्ने चौथो स्थानमा झरेको छ ।

गत सोमबारबाट शुरु भएको प्रतियोगिताका विजेता टोलीलाई शनिबार बएक कार्यक्रम गरि पुरस्कार तथा शिल्ड वितरण गर्ने आयोजकले जनाएको छ । हात्ती र मानिस बिचको यो संगम खेल हेर्न काठमाडौं तथा पोखराबाट दर्शकहरु हेलिकप्टर नै बुकिंग गरेर आएका थिए । आयोजकका अनुसार अस्तीको प्रतियोगिता हेर्न पुर्व युवराज पारस समेत आएका थिए । गत वर्ष निकुञ्ज भित्रको होटल नविकवरण विवादका कारण यो प्रतियोगिता बर्दियामा सम्पन्न भएको थियो । नेपालबाटै शुरु भएको यो प्रतियेागिता हाल हात्ती पाईने अन्य २ देशमा समेत आयोजना हुदैं आएको छ ।

गत वर्ष १२ देशले सहभागी जनाएको हात्तीपोलोमा प्रतियोगितामा यसपटक ८ देशले मात्र सहभागिता जनाएका छन् । सहभागी देशमा नेपाल सहित आइसल्यान्ड, बेलायत, स्कटल्यान्ड, युएई, स्विट्जरल्यान्ड र अफगानिस्तानका थिए । आठ समूहले भाग लिएका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks