बेचु गौड
नवलपरासी , मंसिर १६ - यस वर्षको 'सूर्यभक्त-पतानदेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार' कान्तिपुर दैनिकका समाचार संयोजक हरिबहादुर थापालाई प्रदान गरिने भएको छ ।
प्रेस यूनियन नवलपरासीले संसदीय रानीति, सुशासन र आर्थिक विसंगतिविरुद्ध कलम चलाउँदै आएका भन्दै थापालाई पुरस्कार दिने निर्णय गरेको हो । 'लोकतन्त्र मजबुद वनाउन उहाँका नियमित प्रकाशन हुने लेखरचनाले सहयोग पुर्याएको छ,' युनियन नवलपरासी सचिव पुरुषोत्तम सुवेदीद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
दुई दशकदेखि पत्रकारितामा सक्रिय थापाका 'भ्रष्ट्राचारको सल्यक्रिया', 'बिदेशी सहायताका बिसंगति' र 'राजनीति दाउपेचभित्र कर्मचारीतन्त्र'' लगायतका पुस्तक चर्चित छन् ।
प्रेस युनियन नवलपरासी शाखाले नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं किसान आन्दोलनका अगुवा तत्कालिन सांसद स्वः सूर्यभक्त अधिकारी र उनकी श्रीमती पतनादवीको स्मृतिमा सात वर्षअघि उक्त पुरस्कार स्थापना गरेको हो ।
३० हजार १ सय १ रुपैयाँ नगद र ताम्रपत्र सहितको उक्त पुरस्कार आगामी सोमवार गैंडाकोटस्थित सूर्यभक्त-पतनादेवी स्मृति कलेजमा आयोजित एक समारोहमा थापालाई प्रदान गरिने कार्यक्रम छ । २०६१ सालमा स्थापना भएको उक्त पुरस्कारवाट यसअघि पत्रकार कुन्द दीक्षित, नारायण वाग्ले, तारानाथ दाहाल, कुलचन्द्र वाग्ले, नारायण शर्मा सम्मानित भइसकेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks