Loving nepal news

Thursday, December 2, 2010

पूर्वका तीन सशस्त्र समूहको अस्तित्व सकिएको प्रहरीको दाबी

डिल्लीराम खतिवडा

गाईघाट(उदयपुर), मंसिर १६ - पूर्व क्षेत्रमा भूमिगत रुपमा सशस्त्र आन्दोलन गर्दै आएका तीनवटा समूहको अस्तित्व समाप्त भईसकेको प्रहरीले दाबी गरेको छ ।

प्रहरी नायव महानिरीक्षक भिष्म प्रसाई र सशस्त्र प्रहरी नायव महानिरीक्षक जीवन थापाले संयुक्त रुपमा बिहीबार सदरमुकाम गाईघाटमा संचारकर्मीसँगको भेटघाटमा किराँत जनवादी वर्कस, डिप्रेन्स आर्मी र रणवीर सेनाको अस्तीत्व सकिएको दाबी गरेका हुन् ।

पूर्वञ्चलको सुरक्षास्थिती बुझने क्रममा यहाँ आएको दुवै प्रहरी नायव महानिरीक्षकले प्रहरीको सक्रियताका कारण ती संगठनको अस्तीत्व सकिएको बताए ।

नेपाल र सशस्त्र प्रहरीको सामूहिक प्रयासले जनवादी वर्कसका २८ मध्ये २६ जना केन्द्रीय सदस्य, डिप्रेन्स आर्मीका मूख्य आर पि मैनाली र रणवीर सेनाका प्रमुख सहित हातहतियार भण्डार प्रहरीले नियन्त्रणमा लिएको प्रसाईले बताए । मुख्य योजनाकार सहित ती तीन संगठनको हातहतियार र सेल्टर समेत ध्वास्त गरेपछि अहिले आएर उनीहरुको अस्तित्व सकिएको उनले बताए ।

पूर्व क्षेत्रका सक्रिय भूमिगत करिब २० समूह मध्ये हाल आएर ८ वटा हतियारधारी समूहमात्रै सक्रिय रहेको प्रसाईले जनाएका छन् ।

पूर्वका उदयपुर, खोटाङ, भोजपुर र सखुवासभा लगायका जिल्लामा किराँत जनवादी वर्कले सशस्त्र आन्दोलन गर्दै आएको थियो । पछिल्लो पटक खोटाङ नुनथल प्रहरी चौकी आक्रमण गरी हतियार लुटेपछि वर्कसका केन्द्रीय महासचिव सहित २६ केन्द्रीय सदस्य पक्राउ गरिएको प्रसाईले बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks