Loving nepal news

Wednesday, November 10, 2010

भारतीय माओवादीलाई तालिम दिएको कुरामा 'तुक' छैन : यादव

अबधेशकुमार झा

इनरुवा, कार्तिक २५ - तीन दलका नेताहरुले सत्तालाई केन्द्रमा राखेका कारण गोप्य वार्ताहरुसमेत असफल भएको मधेसी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले दावी गरेका छन् ।

संबिधान निर्माण, शान्ती प्रक्रिया र स्थिरिताका लागि नभइ सताको समिकरण मिलाउन नै बैठक केन्द्रित हुने गरेकोले उनको भनाइ थियो । सुनसरी सदरमुकाम इनरुवामा बिहीबार ईकान्तिपुरसित कुराकानी गर्दै उनले गोप्य वार्ताहरु सफल नहुनु दु:खद भएको पनि बताए ।

तीनदलको सहमतिको नाममा अन्य २४ दललाई नजर अन्दाज गर्ने प्रयास गरिए त्यसले दुष्परिणाम ल्याउने चेतावनी पनि यादवले दिए । पूर्व परराष्ट्र मन्त्री समेत रहेका यादवले नेपाली माओवादीले भारतीय माओवादीलाई तालिम दिएको खवरको कुनै तुक नभएको बताए ।

उनले भने, 'नेपाली माओवादीहरु भारतमा गएर तालिम लिने गरेको मैले सुनेको र बुझेको छु तर भारतीय माओवादी कहिले नेपाल आए त्यो थाहा भएन र यो खबरमा कुनै तुक छैन । छानबिन भने हुनुपर्छ ।'

नेपाली काँग्रेस र एमाले संबिधान निर्माणको पक्षमा नरहेको आरोप लगाउदै अध्यक्ष यादवले सबै राजनैतिक दल मानसिक रुपमा संबिधान निर्माण प्रति इमान्दार हुनुपर्नेमा जोड दिए । समयमा वजेट नआउदा मुलुक आर्थिक संकटमा फस्न लागेकाले त्यसको जिम्मेवारी सत्तामा रहेका दलहरुले लिनुपर्ने बताए ।

राजनितिक लुछाचुडीका बीच मधेशको मुद्दालाई आझेलमा पार्ने षडयन्त्र भइरहेको बताउदै उनले त्यसो गरिए फेरी मधेश आन्दोलन हुने चेतावनी दिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks