Loving nepal news

Wednesday, November 24, 2010

मोटरसाइकल ठोक्किदा दुईको मृत्यु

अमन कोइराला

सर्लाही, मंसिर ९ - पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डम पर्ने नवलपुरमा बिहीबार बिहान बिपरीत दिसावाट आएका दुई मोटरसाइकल आपसमा ठोक्कींदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते छन् ।

बा.३८.प २८९६ नम्बरको मोटरसाइकल र बा.४१.प ८३ नम्बरको मोटरसाइकल बिहान साढे ४ बजे नवलपुर र लालबन्दीको बीचमा आपसमा ठोक्कीएर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परि काठमाडौं घर भएका २४ वर्षीय मनिष सुनवारको र हरिऔन-६ का अनुप रायमाझीको मृत्यु भएको प्रहरी निरीक्ष्ाक नरेश सुबेदीले बताए । रामेछापका दशेनाथ शेर्पा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उपचारार्थ वीरगंज लगिदैं गर्दा रायमाझीको मृत्यु भएको हो । सुनुवार र रायमाझी चढेको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । दुवै जना मोटरसाइकल चालाइरहेका थिए । घाइते शेर्पा सुनुवारको पछाडि बसेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks