Loving nepal news

Friday, November 5, 2010

देउसीभैलोको विवादमा एकको हत्या

लवदेव ढुंगाना

पाँचथर, कार्तिक २० - देउसीभैलोको विषयमा भएको विवादमा शुक्रबार राति पाँचथरमा छुरी हानेर एकको हत्या भएको छ ।

राति साढे एक बजे फिदिमको तमु ग्यारेज छेउमा मेमेङका तार्के भन्ने प्रेमजङ केरुङले मादक पदार्थ खाई खुकुरी प्रहार गरी रानीटार-६ का सन्तोष गुरुङको हत्या गरेका हुन ।

को.१च ३६१३ नं.को ट्याक्सी चालक गुरुङलाई कोखा र निधारमा खुकुरीले प्रहार गरिएको प्रहरीले जनाएको छ । आक्रमणबाट फिदिम-१ का कुलबहादुर लिङदेनसमेत घाइते भएका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks