सुनसरी, कार्तिक २५ - केही दिनअघि भर्ना भएका विरामीको उपचार अभाव र लापरवाहीले मृत्यु भएको भन्दै आक्रोशित समुहले बिहीबार इटहरीस्थित पशुपती मेडिकल अस्पतालमा तालावन्दी र एम्बुलेन्स तोडफोड गरेका छन् ।
प्रदर्शन गरी राजमार्ग अबरुद्ध गरिरहेकाहरुलाई प्रहरीले बल प्रयोग गरेर हटाएको छ । प्रदर्शनकारीले कर्मचारी र स्वास्थ्यकर्मीलाई हस्पिटलमै थुनेर तालावन्दी गरेका छन् । तोडफोडमा संलग्न भएको भन्दै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घट्ना विवरणअनुसार तीन दिनअघि इटहरी-९ गैसारका कृष्ण सरदारलाई उपचारका लागि भर्ना गरिएको थियो । उपचारका लागि चिकित्सक नआएको तथा लापरवाही गरेकाले सरदारको मृत्यु भएको भन्दै आफन्त आक्रोशित भएका हुन् । उनको बिहीबार बिहान मृत्यु भएको हो । मृतकलाई पोष्ट मार्टमका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
विरामीको मृत्यु भएपछि विरामीका आफन्तले लापरवाही भन्दै हस्पिटलको एक एम्बुलेन्स तोडफोड गरेका हुन् । उनीहरुले दोषीउपर कारवाहीको माग गर्दै राजमार्गमा प्रदर्शन थालेपछि तनाव बढेको छ । हस्पिटल क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी बाक्लो बनाइएकोछ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks