बलराम बानियाँ
काठमाडौ, मंसिर १४ - प्रधानमन्त्री माधवकुमार नेपाल विदेश भ्रमणमा जाने विषयको चौतर्फी आलोचना भइरहेको बेला उनको भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्विकृती प्रदान गरेको छ ।
संसद अधिवेशन बोलाउन सबैतिरबाट दवाब बढिरहेका बेला कामचलाउ प्रधानमन्त्री नेपाल एसीयाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मंगलबार(आज) कम्बोडिया जाँदैछन् । त्यहाँबाट पाँच दिनमा फर्केको भोलिपल्टै युरोपेली विकास दिवसमा भाग लिन ब्रसेल्स जानेछन् । पधानमन्त्रीको विदेश भ्रमणले राजनीतिक गतिरोध थप लम्बिने छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ६ जना अतिरिक्त प्रहरी महानिरीक्षकको सरुवा पनि गरेको छ । त्यस्तै नेपाली सेनाका केही रथीहरुको कार्यावधि थप गरेको छ । उर्जा सचिव शंकर कोइरालालाई सार्ने विषयमा उर्जामन्त्री प्रकाशशरण महतले लगेको प्रस्ताव अस्विकृत भएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks