Loving nepal news

Tuesday, November 9, 2010

बलात्कार गर्न खोज्ने प्रहरीको नियन्त्रणमा

प्युठान, कार्तिक २३ - गाउँका युवतीलाई नियन्त्रणमा लिई बलात्कार गर्न खोज्ने दुईजनालाई प्युठान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्युठान तुषाराका जितेन्द्र जिसी र ओखरकोट आरुपाटाका सुभाष खड्का रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नारिकोट रातामाटामा घर पोत्ने माटो लिन आएका खुङ्गका दुईजना युवतीलाई जिसी र खड्काले आफ्नो नियन्त्रणमा लिई जङ्गलमा लगेर जबरजस्ती बलात्कार गर्न खोजेको पीडितले प्रहरीसमक्ष बताएका छन् ।

घर पोत्ने रातोमाटो लिनका लाति छिमेकी गाविस खुङ्ग नारीकोटको रातामाटा भन्ने ठाउँमा गएका बेला उनीहरुमाथि बलात्कारको प्रयास भएको थियो ।

पक्राउ परेका खड्का र जिसीलाई युवती अपहरण र जबरजस्ती करणी गर्ने दुईवटा छुट्टाछुट्टै सार्वजनिक मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै बिजुली गाविस–४ मा पनि एक महिलालाई बलात्कार गर्ने बिजुलीका सुदन थापालाई प्रहरीले पक्राउ गरेको छ भने पीडित महिलालाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको छ । रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks