पाल्पा, कार्तिक २० - जिल्लाको पश्चिम शिद्देश्वरका कुमाल समुदायमा चिउरी घिउ लोकप्रिय बनेको छ । यहाँका कुमाल समुदाय चिउरी घिउँबाटै तिहार मनाउने गर्छन् । आम्दानीको श्रोत समेत चिउरी घिउ बन्ने गर्छ ।
यहाँ बनेको चिउरी घिउ व्राम्हण समुदायले समेत रोटी पकाउन किनेर लग्ने गर्छन् । चिउरीको घिउ मासु पकाउन, तिहारको रोटी पकाउन प्रयोग हुन्छ । दुइ सय वर्ष पुरानो काठको कोलवाट घिउ र तेल निकाल्ने परम्परा यहाँ कायमै छ ।
आधुनिकताको विकास भएपनि काठैकाठको कोलवाट घिउ निकाल्ने परम्परा रहिआएको स्थानीय तेजबहादुर कुमालले बताए । यही तेलबाट शिद्देश्वर-२ मगरानका कुमाल समुदायले तिहार मनाउँछन् ।
मगरानको कुमाल समुदायमा राखिएको काठको कोलमा दशै र तिहारमा घिउ निकाल्नेको दिनरात भिड हुन्छ । साउनमा चिउरीको विया संकलन गरेर सुकाउने र यसलाई दशै तिहारको समयमा घिउ निकाल्ने यहाको चलन छ । एक दर्जन गाउँका वासिन्दा सोही काठको कोलमा आएर चिउरीको घिउ निकाल्ने गर्छन् । शिद्देश्वर गाविस साथै छिमेकी ख्याहा र भुवनपोखरीका कुमाल र बाहुन, मगर समुदायका समेत चिउरी पेल्न आउने गरेको स्थानीय खुमबहादुर कुमालले बताए ।
जिल्ला वन कार्यालय पाल्पाले यसवर्ष काठको कोल मर्मत र बनाउन सहयोग गरेको छ । वन अधिकृत रामबाबु पौडेलले काठको कोल धेरै पुरानो भएकोले बनाउन सहयोग गरेको बताए ।
गरीब र पिछडिएको कुमाल समुदायको लागी चिउरीको घिउले चाडपर्व मनाउन सहयोगी बनेको सामाजिक स्रोत विकास केन्द्रका कार्यक्रम संयोजक चोपलाल गिरीले बताए । केन्द्रले कुमाल समुदायको शसक्तिकरणको लागि काम गर्दै आएको छ ।
प्रकाशित मिति: २०६७ कार्तिक २० ११:१४
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks