काठमाडौ, कार्तिक ३० - वर्तमान राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री माधवकुमार नेपालसंग तराई लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान भएको भेटवार्तामा शान्ति प्रक्रिया, संविधान निर्माण र नयां वजेटबारे छलफल भएको बताइएको छ । भेटमा काग्रेस नेता कृष्ण सिटौला, तमलोपा नेता हृदयेश त्रिपाठी सहभागी रहेका थिए । भेटपछि त्रिपाठीले सरकारले नीति तथा कार्यक्रमा नल्याइ बजेट प्रस्तुत गरे पनि आफ्नो पार्टीको सर्मथन रहेन बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks