Loving nepal news

Wednesday, November 10, 2010

अध्यक्षात्मक प्रणाली सत्ता लिप्साको उदाहरण: यादव

विराटनगर, कार्तिक २४ - मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार सञ्चालनका लागि तीन ठूला दलले प्रस्ताव गरेको अध्यक्षात्मक प्रणाली सत्ता लिप्साका लागि मात्र भएको आरोप लगाएका छन् ।

बुधबार बिहान गृहनगर विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले अध्यक्षात्मक प्रणाली बारे अन्तरिम संविधानमा पनि उल्लेख नभएको भन्दै विरोध जनाए । उनले भने, 'यो प्रस्तावमा हाम्रो पार्टीले समर्थन गर्दैन ।'

उनले आलोपालो सरकारको नेतृत्व गर्ने सोच शान्ति र संविधानका लागि नभई सत्ता र कुर्सीको मोहका लागि भएको टिप्पणी गर्दै विगतका सहमति र समझदारीलाई कार्यान्वयन नगरिएका कारणले पनि वर्तमान स्थिति आएको चर्चा गरे ।

अध्यक्ष यादवले शान्ति र संविधानप्रति दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा सरकार सञ्चालनकै हानथापमा अल्झेकाले दिन प्रतिदिन समस्या बढ्दै गएको बताउँदै मुलुकमा देखिन लागेको आर्थिक सङ्कटलाई निकास दिन जिम्मेवार दलहरुलाई आग्रह पनि गरे ।

उनले मुलुकमा आर्थिक अराजकता उत्पन्न गराउने अधिकार कसैलाई पनि नभएको भन्दै विगतका कमीकमजोरीलाई सच्याएर अघि बढ्न दलहरुलाई सुझाव दिए ।

रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks