Loving nepal news

Sunday, November 7, 2010

गोली लागेर घाइते पूर्व गाविस अध्यक्षको मृत्यु

कान्तिपुर संवाददाता

रौतहट, कार्तिक २२ - अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका माधोपुर गाविसका पूर्व गाविस अध्यक्ष बुनीलाल यादवको उपचारको क्रममा मृत्यु भएको छ ।

यादवको भारतको पटना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । आफ्नै घरको ढोकामा बसिरहेकोबेला शुक्रबार राति अज्ञात समूहको गोली प्रहारबाट उनी घाइते भएका थिए ।

यसैबीच घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks