मकर श्रेष्ठ
काठमाडौ, मंसिर ३ - एमाले नेता केपी ओलीले माओवादीको हुन लागेको विस्तारित बैठक शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन नभइ सत्ता कब्जा गर्ने नीति तयार गर्न रहेको आरोप लगाएका छन् ।
प्रेस चौतारी भक्तपुरले शुक्रबार आयोजना गरेको शान्ति र संविधानका लागि सहमतीय सरकार विषयक अन्तक्रिर्या कार्यक्रममा ओलीले माओवादीले लिएको नीतिका कारण सहमति हुन नसक्ने ठोकुवा गरे । उनले भने- 'माओवादीको नीतिका कारण सरकार र संविधान दुवै बन्दैन ।'
माओवादीका तीनै जना नेताको दस्तावेजमा कुनै भिन्नता नरहेको भन्दै उनले तीनै दस्तावेजको निष्कर्ष लोकतन्त्रको टाउको फुटाउने रहेको बताए । 'लाठीले,चिरपटले वा ढुङ्गाले टाउको फुटाउने,'उनले भने-'के ले लोकतन्त्रको टाउको फुटाउने त्यसमा मात्र भिन्नता छ ।' तीनटै दस्तावेजले लोकतन्त्रलाई अस्विकार गरेको उनको भनाई थियो ।
शान्ति प्रक्रियको नाममा माओवादीले फेहोरी खेल खेलेको आरोप लगाउँदै उनले सरकारको तलव,भत्ता र रासन खाएका लडाकु माओवादी कार्यकर्ता भएर विस्तारित बैठकमा जानु ठीक नहुने उल्लेख गरे ।
सबै नेतालाई एकै चोटी प्रधानमन्त्री चाहिएकोले संविधान संशोधन गर्न लागिएको उनको भनाई थियो । 'संविधान संशोधनको प्रक्रिया हुन्छ,'उनले भने-'त्यसलाई मिचेर काम गर्नु ठीक होइन ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks