सुनसरी, कार्तिक २६ - शुक्रबार बिहान सुनसरी इटहरीस्थित टेङ्ग्रा खोलामा मृत फेला परेका पुरुष इटहरीका एक चटपटे व्यापारी भएको प्रहरीले पुष्टि गरेकोछ ।
छठ पर्वको रौनक बढिरहेको बेला इटहरीस्थित टेङ्ग्रा खोलामा मृत फेला पर्ने २३ वर्षीय विनोदकुमार साह रहेको प्रहरी निरीक्षक श्याम सुब्बाले जानकारी दिए । इटहरी-८ मा बसेर व्यापार गर्दै आएका साहलाई धारिलो हतियार प्रहार गरि हत्या गरिएको भेटिएको छ ।
इलाका प्रहरी कार्यालयभन्दा अढाई सय मिटर पर रहेको खोलामा साहको शब फेला परेको हो । शरिरका पेटलगायतका भागमा हतियार प्रहार गरी हत्यापछि उनलाई बोरामा हालेर खोलामा फ्याकिएको आशंका प्रहरीको छ ।
निरीक्षक सुब्बाले अन्त कतै हत्या गरी बोरामा हालेर खोलामा ल्याई शब फ्याकिएको हुनसक्ने जानकारी दिए । इटहरीमा दुई महिनायता हत्याको यो तेस्रो श्रृङ्खला हो । यसअघि एक पुर्व गोर्खा सैनिक पत्नी र काठ व्यापारीको हत्या भएपनि अभियुक्त फेला पार्न प्रहरी असफल भएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks