Loving nepal news

Wednesday, November 3, 2010

मङ्सिरभित्र नयाँ सरकार बन्छ : ओली

कान्तिपुर संवाददाता

शनिश्चरे (झापा), कार्तिक १७ - एमालेका नेता केपी शर्मा ओलीले मङ्सिरभित्र नयाँ सरकार बन्ने दाबी गरेका छन् । झापाको बिर्तामोडमा बुधबामर आफैँले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सरकार निर्माणको आधार भने खुलाएनन् ।

उनले विगतमा राजनीतिक उद्देश्यका लागि गरिएको हिंसा त्यागे देशमा स्वतः शान्ति छाउने उल्लेख गरे ।

उनले एमालेले सहमतिकै लागि प्रधानमन्त्रीको पद त्यागे पनि समस्या नसुल्झिएकोप्रति चिन्ता व्यक्त गरे । ओलीले वर्तमान राजनीतिक अवस्थाप्रति सङ्केत गर्दै दुनियाँ सामु लाजमर्दो काम भइरहेको टिप्पणी पनि गरे ।

रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks