काठमाडौ, मंसिर २ - एमाले सभासदहरुले बजेट हतारमा ल्याउन लागिएको र त्यस विषयमा पार्टीमा छलफल नगरिएको प्रति आपत्ती जनाएका छन् । बजेट सम्बन्धी छलफल गर्न बिहीबार सिंहदरवारमा बसेको एमाले संसदीय दलको बैठकमा छलफल नै नगरी बजेट ल्याउन लागिएकोमा आपत्ती जनाएका हुन् ।
बैठकमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले भोलि-शुक्रबार) प्रस्तुत गरिने बजेटको तयारी बारे बि्रफिङ गरेका थिए । एउटा जिल्लामा धेरै र कुनै जिल्लामा नाम मात्रको योजना वितरण गर्ने गरिएको प्रति एमाले सभासदहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । आफ्नै पार्टीको अर्थमन्त्री हुँदा समेत जिल्लामा बजेट लान नसकिएको प्रति सभासदहरुको असन्तुष्टि रहेको थियो । बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले बजेटको बारेमा छलफल भएको बताए । बजेटका लागि शुक्रबार बस्ने व्यवस्थापिका संसदको बैठकमा अनिवार्य उपस्थितिका लागि एमालेले आफ्ना सभासदहरुलाई व्हिप जारी गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks