कान्तिपुर संवाददाता
काठमाडौ, कार्तिक १५ - विपक्षी दलका नेताले सहभागी नहुने बताएपछि संवैधानिक निकायमा नियुक्तिका लागि सहमति जुटाउन प्रधानमन्त्री माधवकुमार नेपालले मंगलबार शिर्ष नेताहरूको बैठक बोलाएका छन् ।
विपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहालले संवैधानिक परिषदमा उपस्थित नहुने बताएपछि अप्ठेरोमा परेका प्रधानमन्त्री नेपालले संवैधानिक निकायमा नियुक्तिका साथै बजेट ल्याउने विषयमा सहमति खोज्न मंगलबार अपरान्ह्र शिर्ष नेताहरू बोलाएको प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिजालले जानकारी दिएका छन् ।
यसअघि मंगलबार मध्यान्ह्र माओवादी अध्यक्ष दाहालसँग भएको भेटमा प्रधानमन्त्री नेपालले राज्य व्यवस्था समितिले खाफूलाई ताकेता गरेको भन्दै संवैधानिक निकायमा नियुक्ति गर्न वातारवरण बनाउन आग्रह गरेका थिए । जवाफमा अध्यक्ष दाहालले प्याकेजमा सहमति गरी सबै समस्याको समाधान खोज्न जोड दिन खोजीएको बुझिएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks