Loving nepal news

Tuesday, November 9, 2010

गाउँले–माओवादी झडप/एक गम्भीर घाइते

नुवाकोट, कार्तिक २३ - नुवाकोटको नर्जामण्डप गाविस–७ पौवाथोकमा स्थानीयवासी र माओवादीका कार्यकर्ताबीच मंगलबार दिउसो झडप भएको छ ।

खानेपानी योजनाको खर्च विवरणको विषयमा विवाद भएपछि झडप भएको स्थानीयवासीले बताएका छन् ।

रु १८ लाखको खानेपानी योजना र स्थानीय जागृत निम्न माध्यामिक विद्यालयको खर्च विवरण अपारदर्शी भएको भन्दै गाउँलेले योजनाका अध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग खर्च विवरण माग गरेका थिए ।

स्थानीय हरिकृष्ण बस्नेतका अनुसार खर्च विवरण माग गर्ने स्थानीयलाई माओवादीका जिल्लास्तरीय नेतासमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोदप्रसाद रिजालले माओवादी कार्यकर्ता लगाएर कुटाएका हुन् ।

गाउँलेको प्रतिकारमा (माओवादी)का कार्यकर्ता प्रकाश रिजाल गम्भीर घाइते भएको बताइएको छ । साथै जागृत निमाविका प्रधानाध्यापक विकास रिजाल, माओवादी जिल्ला सदस्य मोदप्रसाद रिजालसमेत घाइते भएका छन् । माओवादी आक्रमणमा स्थानीय केही युवासमेत घाइते भएको बताइएको छ ।

घाइतेहरुलाई अहिले उपचारका लागि सदरमुकाम विदुर ल्याइँदै छ । घटनास्थलमा अहिलेसम्म प्रहरी भने पुगेको छैन ।

माओवादी नुवाकोटले भने काँग्रेस कार्यकर्ताको आक्रमणमा परी आफ्ना तीनजना कार्यकर्ता घाइते भएको बताएको छ ।

रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks