पाँचथर-, मंसिर १ - पाँचथरको फाक्तेपमा मंगलबार मे.१ त ४९६१ नं.को ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सडकमा हिंडिरहेका आमचोक-८ का २७ वर्षीय रामकुमार राई र चालक किरण मगरको घट्नास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते पैदल यात्री फाक्तेपका जीवन चेम्जोङ र सुमन बोहोरालाई उपचारार्थ इलाम लगिएको छ ।
फाक्तेप-५ देखि ७ नंं.को कोप्चेमा ढुंगा लिन गइरहेको ट्याक्टर टक्करे भञ्ज्याङ सडकमा हिंडिरहेका यात्रीलाई जोगाउन खोज्दा सडकमुनि पल्टिएको थियो ।अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks