Loving nepal news

Sunday, November 14, 2010

नेताहरु सत्ता केन्द्रीत भएकोले मुलुकले गति पाएनः प्रधानमन्त्री नेपाल

आनन्द गौतम
ताप्लेजुङ, कार्तिक २८ - प्रधानमन्त्री माधवकुमार नेपालले नेताहरुको ध्यान सत्ता केन्दि्रत भएकोले मुलुकले गति पाउन नसकेको बताएका छन् । ताप्लेजुङमा आइतबार जिल्ला वन र जिल्लास्वास्थ्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै नेपालले सोमबार हुने शिर्ष नेताहरुको बैठकमा शान्ति, संबिधान र सत्ता साझेदारको बिषयमा छलफल हुने बताएका छन् । हात्तिबनमा भएको पहिलो चरणको गोप्य बैठकमा नेताहरु सत्ताको बिषयमा केन्दि्रत भएकोले कुनै सहमति हुन नसकेपनि गोकर्ण रिसोर्टमा भएको दोश्रो बैठक शान्तिका बिषयमा केन्दि्रत भएकोले भोलिको बैठकले सहमति निकाल्नेमा आफु आशाबादी भएको नेपालले उल्लेख गरे । सहमतीमा आए मात्रै सकारात्मक परिणाम आउने बताउदै नेपालले लोकतन्त्रमा बल र धम्किवाट कोहिपनि नतर्सने बताए । प्रसिद्ध तिर्थस्थल पाथीभराको दर्शन गर्ने समेत उद्धेस्य राखेर आउनु भएका नेपालले प्रतिकुल मौसमका कारण पाथीभराको दर्शन गर्न भने सकनु भएन । नेपालसँग शान्ति मन्त्री रकम चोम्जोङ, गृह सचिव गोविन्द कुशुम, भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्नेत सहितको टोली रहेको छ । टोली आजै धनकुटा जाने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks