Loving nepal news

Wednesday, November 10, 2010

बसले ट्रकलाई ठक्कर दिंदा तीन जनाको घट्नास्थलमै मृत्यु

अमन कोइराला

सर्लाही, कार्तिक २५ - काठमाडौंबाट काकडभिट्टा जाँदै गरेको रात्री बसले बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गको सर्लाही खण्डको लालबन्दीमा ट्रकलाई ठक्कर दिंदा तीन यात्रुको घट्नास्थलमै मृत्यु भएको छ ।

बिहान साँढे तीन बजे पूर्वतर्फ जाँदै गरेको ना३ख ५७५४ नम्बरको ट्रकलाई ओभरटेक गर्न खोज्दा बसको अघिल्लो भाग ट्रकको पछिलो भागसंग ठोक्कीएको थियो । दुर्घटनामा परि बसमा सवार नाम नखुलेका तीनजना यात्रुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बसका कन्डक्टर धनुषा जिल्ला यज्ञभुमि गाविस-१ का अन्दाजी ३० बर्षीय प्रदिप मगर, काठमाडौं ढुंगेअड्डाकी अन्दाजी २२ बर्षीया सजीता तण्डुकार र ८ बर्षीय बालक कृष्ण तन्डुकार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बसमा सवार अन्य सात जना यात्रु घाइते छन् । घाइते मध्ये पाँचजनालाई चितवनको भरतपुर अस्पताल पठाइएको र सामान्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार जारी रहेको प्रहरी निरीक्षक कृष्णप्रसाद शर्माले बताए ।

घाइते हुनेमा झापाका धिरबहादुर थापा, जेपी राई, राजकुमार राई, शान्ति राई, समी राई, धनकुटाका नरबहादुर भोटे र काठमाडौंकी सम्झना तण्डुकार रहको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै फरार भएका बसका चालक सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले अधिक निन्द्रका कारण दुर्घटना भएको प्रहरीलाई बताएका छन् । लगातार सुत्न नपाएकाले आँखा लाग्दा दुर्घटना भएको कार्कीले बताएको प्रहरी निरीक्षक रबिन्द्र खनालले बताए ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks