काठमाडौं, कार्तिक १८ - कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले कार्यकारी अधिकार राष्ट्रपतिलाई सुम्पने प्रधानमन्त्री माधवकुमार नेपालको भनाइ घोर असंवैधानिक र अप्रजातान्त्रिक भएको टिप्पणी गरेका छन् ।
'प्रधानमन्त्रीको भनाइ घोर असंवैधानिक र अप्रजातान्त्रिक छ, म यसको भर्त्सना गर्दछु,' १६ औं चरणको प्रधानमन्त्री निर्वाचनपछि बिहीबार संसदबाट बाहिरिँदै गर्दा देउवाले भने । उनले प्रधानमन्त्रीले आफ्नो भनाइबाट स्पष्ट पार्नुपर्ने बताए ।
देउवाले संसद परिसरमै माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको भनाइबारेको सत्यताबारे जानकारी दिएका थिए । 'प्रचण्डजीले पनि प्रधानमन्त्रीले 'कार्यकारी अधिकार राष्ट्रपतिलाई सुम्पिदिएर आफू बाहिरिन्छु' भनेको बताउनुभयो,' देउवाले भने ।
४ महिनासम्म पनि प्रधानमन्त्री चयन गर्न नसकेको अवस्थामा बजेट पनि ल्याउन नदिने माओवादी अडानप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री नेपालले यस्तै अवस्था रहे कार्यकारी अधिकार राष्ट्रपतिलाई सुम्पिदिएर बाहिरिने चेतावनी दिएका थिए । उनको भनाइप्रति सिँचाइमन्त्री बालकृष्ण खाँडले आपत्ति जनाइसकेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks