Loving nepal news

Friday, November 26, 2010

नेपालमा एड्स संक्रमण घट्यो : राष्ट्रसंघ


राजेश कोइराला

न्यु ह्याम्सर, अमेरिका, मंसिर ११ - सन् २००१ को तुलनामा सन् २००९ मा नेपालमा एड्सको प्रभाव कम भएको छ । नेपाल, भारत र थाइल्यान्डमा २५ प्रतिशतभन्दा कम भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

संरासंघीय एड्स रिपोर्ट २०१० प्रकाशित गर्दै उक्त संस्थाले भनेको छ – एसियाको पुरै तथ्यांक केलाउँदा पाँच वर्षदेखि यो क्षेत्रमा एड्स प्रभावितको संख्या ४९ लाखमा ट्याक्क अडिएको छ । नेपाल, भारत र थाइल्यान्डमा कमी आए पनि बंगलादेश, फिलिपिन्स र पाकिस्तानमा बढेको छ । बंगलादेश, फिलिपिन्समा प्रतिशत बढेको छ । २५ उता मलेशिया र श्रीलंकामा स्थिर छ ।

नेपालको सन्दर्भमा रिपोर्ट भन्छ – महिलाभन्दा पुरुष एड्सबारे जानकार छन् । एड्सलाई माया गर्ने वातावरण अझै बनेको छैन । उनीहरुको मानव अधिकार हनन् भएको छ । नेपालले एड्सको उपचारमा भएका पछिल्ला पध्दतिलाई कम ध्यान दिएको छ ।

रिपोर्टले ६४ हजार नेपालीमा एड्स भएको बताएको छ । यो संख्यामा ६० हजार १५ वर्षमाथिका छन् । सन् २००१ मा नेपालीमा एड्स भएकाको संख्या ५७ हजार थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks