Loving nepal news

Tuesday, November 23, 2010

गुटबन्दीको भएको भन्दै बैठक बहिष्कार

कान्तिपुर संवाददाता

पालुङटार (गोरखा), मंसिर ८ - माओवादीको विस्तारित बैठकमा समूहगत छलफलका क्रममा गुटबन्दी भएको भन्दै दार्चुलाका भट्टराई पक्षधर प्रतिनिधिहरूले बैठक बहिष्कार गरेका छन् । दाहाल पक्षले गुटबन्दी गरेको आरोप लगाउँदै दार्चुला जिल्ला कमिटी सदस्य मञ्जु बमलगायत २३ प्रतिनिधिले छलफल बहिष्कार गरेको स्रोतहरूले जनाएका छन् । बुधबारदेखि तीन नेताका फरक दस्तावेजमा ३० समूहका एक सय २० प्रतिनिधिले धारणा राख्नेछन् । उनीहरू प्रत्येकलाई १०/१० मिनेट बोल्न दिइएको छ ।

'लडाकुलाई बोल्न दिइएन'

वैद्य र भट्टराई पक्षले आफ्नो विचार बोकेका लडाकु कमान्डरहरूलाई बोल्न रोक लगाइएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले लडाकु प्रमुख, दुईजना डेपुटी कमान्डर र सातैजना डिभिजन कमान्डर दाहाल पक्षका भएको भन्दै समूहगत छलफलका लागि फरक विचार बैठकमा राख्न नदिने चालबाजी गरिएको आरोप लगाए ।

'जनसेनाको चेन अफ कमान्ड हुन्छ तर विचारमा हुँदैन,' भट्टराई पक्षका एक नेताले भने, 'विचारलाई नियन्त्रण गर्न खोजियो ।' लडाकु प्रवक्ता चन्द्रप्रकाश खनालले विचार अभिव्यक्त गर्नमा रोक नलगाएको दाबी गरे । 'हामीले सबै विचारलाई समेट्ने गरी प्रतिनिधि खोज्यौं,' उनले भने, 'फरक विचारलाई रोक लगाउन खोजेको भन्ने सही होइन ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks