कान्तिपुर संवाददाता
काठमाडौ, मंसिर ५ - माइती नेपालकी संस्थापक अनुराधा कोइराला 'सिएनएन हिरो २०१०' घोषित भएकी छिन् । सामाजिक सेवामा उल्लेखनिय कार्यगरेवापत उनलाई सिएनएनले हिरो घोषणा गरेको हो ।
मानव तस्कर लगायत विदेशमा वेचिएकी नेपाली चेलीको उनको संस्था माइत नेपालले उद्धार गरी शिक्षा, स्वास्थ लगायतका विभिन्न सेवा प्रदान गर्दै आएको छ । उनले एचआइभी एडस सक्रमितलाई पनि शिक्षा, स्वास्थ्य लगायतका आयमुलक सीप प्रदान गर्दै आएकी छन् ।
सन् १९९३ देखि सामाजिक सेवा कार्य गर्दै आएको माइत नेपालले यौन हिंसाबाट पीडित करिव १२ हजार भन्दा बढी महिला तथा चेलीवेटीको उद्धार गर्दै आएको छ । सिएनएनले आफ्नो आधिरिक वेभसाइटमा सिएनएन हिरोको लागि अनलाइन भोटिङ गरेको थियो ।
'मानव तस्करी जनघन्य अपराध हो,' सिएनएन हिरो घोषित भइसकेपछि प्रतिक्रिया दिंदै कोइरालाले भनिन्, 'म प्रत्येकसँग समाजमा भइरहेका मानवतस्करीविरुद्धको अभियानमा जुट्न सबैसँग आव्हान गर्दछु, हामी सबैका चेलिबेटीका लागि यो आवश्यक छ ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks