Loving nepal news

Sunday, November 28, 2010

बुद्धको लखनऊ उडान पुसदेखि


कान्तिपुर संवाददाता

काठमाडौ, मंसिर १३ - बुद्ध एयरले आगामी पुसदेखि काठमाडौं-लखनऊ उडान सुरु गर्ने भएको छ । बुद्धले पुस २३ (जनवरी ७) देखि यो अन्तर्राष्ट्रिय रुटमा नियमित उडान गर्ने बताएको छ । साताको ३ उडानद्वारा यात्रुलाई सहज यात्राको अनुभव दिलाउनु पर्यटन वर्षका लागि समेत टेवा दिने उद्देश्य रहेको कम्पनीले जनाएको छ । यसअघि बुद्धले भुटानको पारोमा परीक्षण उडान गरेको थियो ।

सरकारले पर्यटन वर्षलाई लक्षित गरी विभिन्न मुलुकसँग गरेको नयाँ हवाई सम्झौता अन्तर्गत भारतसँग साता ३० हजार बढी सिटको उडान गर्न पाउने व्यवस्था छ । त्यस्तै व्यावसायिक अन्य उद्देश्यले लखनऊ जाने नेपाली यात्रुका लागि अब यो गन्तव्य सुविधाजनक हुने दाबी

बुद्धको छ । लखनऊबाट रेल सेवा उपलब्ध भएको र बुद्ध एयर भाडा तुलनात्म रूपमा सस्तो भएकाले बैंग्लोर, चेन्नई, मुम्बई, दिल्ली, वनारस, अयोध्या, भोपाल पुग्न बढी खर्च नचाहिने उसको दाबी छ । बुद्ध एयरको काठमाडौं लखनऊको एकतर्फी भाडा करबाहेक न्यूनतम ५ हजार ६ सय नेपाली रुपैयाँ छ । बुद्धले यसपछि गुवाहाटी, कलकत्ता, पटना, बनारस, गोरखपुर र देहरादूनसमेत सेवा विस्तार गर्ने योजना बनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks