काठमाडौ, कार्तिक २९ - मन्त्रिपरिषद बैठकले साउदी अरवका राजकुमार अल वालिद विन तलाललाई महाप्रज्वल राष्ट्रदीप मानपदवीको लागि राष्ट्रपति रामबरण यादव समक्ष सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तलाललाई राष्ट्रदीप पदवीका लागि सिफारिस गरेको हो । राजकुमार तलालले आजै राष्ट्रपति यादवसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । सम्भवतः उक्त भेटमै राष्ट्रपतिले उनलाई राष्ट्रदीप मानपदवीबाट सम्मान गर्ने सम्भावना रहेको छ । तीन दिने भ्रमणका लागि शनिबार उनी नेपाल आएका थिए ।
साथै बैठकले राहादानी नियमावली २०६७ लाई स्वीकृत गरेको छ । अव पूरानो राहादानी खारेज भएर नयां राहादानी लागु हुने छ । प्रधानमन्त्री माधवकुमार नेपाल रुसमा हुने बाध सम्मेलनमा सहभागी हुने निर्णय समेत गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks