कान्तिपुर संवाददाता
काठमाडौ, कार्तिक १५ - नेपाल भ्रमणमा रहेकी स्विट्जरल्याण्डकी सभामुख पास्केल ब्रुडेरर वाइससले संविधान सभाध्यक्ष सुवास नेम्बाङसँग भेटवार्ता गरेकी छन् ।
चारदिने भ्रमणमा रहेकी पास्केलले यसअघि एमाले नेता भलनाथ खनाल, परराष्ट्रमन्त्री सुजता कोइरालासँग पनि भेट गरेकी छन् ।
नेम्बाङसँगको भेटमा पास्केलले नेपालको संविधान निर्माण, शान्ति प्रक्रिया लगायत विषयमा जिज्ञासा राखेकी छन् । चार दिने भ्रमणमा नेपाल आएकी पास्केलले दिउसो २ बजे माओवादी उपाध्यक्ष बाबाुराम भट्टराईसँग भेट्ने कार्यक्रम छ ।
त्यस्तै उनले स्विट्जरल्याण्डको सहयोगमा नेपालमा संचालित विभिन्न परियोजनाको अवलोकन गर्ने कर्याक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks