Loving nepal news

Friday, November 19, 2010

ममाथि हातपात भयो


सुरेन्द्र पाण्डे


काठमाडौ, मंसिर ४ - निमियत विकास खर्च र पुँजीगत खर्चका लागि रकम विनियोजन गर्ने । वैदेशिक सहमति सम्झौता भएका रकमको हकमा नयाँ व्यवस्था गर्ने । राजस्वका दरहरूमा थोरै परिवर्तन गर्ने गरी बजेट ल्याउने सहमति भएको थियो ।

यस्तो खालको बजेटको प्रकृति भनेको सोझो अर्थमा नियमित बजेट हुन्छ । यसैअन्तर्गत बजेटको ड्राफ्ट बन्यो । अर्थ मन्त्रालयका सचिव रामेश्वर खनालले बाबुराम भट्टराईसमेत उपस्थित बैठकमा त्यो ड्राफ्ट प्रस्तुत गर्नुभयो । प्रस्तुत गर्दा विशेष अवस्था दुई महिनाभन्दा बढी लम्बिएको अवस्थामा अर्थमन्त्रीले त्यो वर्षभरिको राजस्व र व्ययको अनुमान संसद अन्तर्गत प्रस्तुत गर्नेछ । त्यो धारा ९३ अन्तर्गत पेस गर्ने कुरा भयो । धारा ९३ अन्तर्गत भएकाले त्यो नियमितजस्तो देखियो त्यसमा अलि विचार गरौं भन्ने कुरा बाबुराम भट्टराईले राख्नुभयो । त्यसपछि विशेष व्यवस्थाअन्तर्गत गर्ने कुरा भयो । सहमति भयो भनेर हामी उठ्यांै । त्यही प्रक्रियामा सरकार अगाडि

बढेको हो ।

अर्को छलफल के भयो भने नियमित रूपमा संशोधान हुन पाँच दिन लाग्छ भन्ने कुरा सभामुखबाट आयो । त्यसअनुसार नियमित रूपमा संसदमा पेस हुन नसक्ने बताउनुभयो । त्यसपछि पाँच दिन फ्रिज नगरी फास्टट्रयाकबाट जाने कुरा भयो । यसका लागि सरकारले निर्णय गरेर राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउबाट धारा १५८ अन्तर्गत जाने कुरा भयो । अर्थ मन्त्रालयले सबै काम गरेर बजेटलाई अन्तिम रूप दियो । यसअनुसार हामी बजेटसहित प्रस्तुतिका लागि यहाँ आएका थियौं । व्यवस्थापिका संसदमा आइपुगेपछि माओवादीले अचानक होइन हामीले त बाँकी रहेको दुई तिहाई दिन मात्र सहमति दिएको भन्यौं । त्यसपछि अन्तिमसम्म सम्माननीय प्रधानमन्त्री र हामी सबै मिलेर आग्रह गर्‍यौं । हामीले सहमति गरेर अगाडि बढ्यौं, बजेटबारे भएको सहमति आवश्यक छ, राजनीतिक सहमति आवश्यक छ ।

त्यसो भए हामी विरोध गरेको जस्तो गर्छौं । सरकारले प्रस्तुत गरोस् । हामी सामान्य विरोध गर्छौं, विपक्षीको धर्म निभाउँछौं भन्नुभयो । त्यसअनुसार सदनमा हामी प्रस्तुत भयौं । सभामुखले बजेट सुनाउन बोलाएपछि बि्रफकेस लिएर अगाडि बढ्ने बित्तिकै सिलबन्दी बि्रफकेस फोड्ने काम भयो । ममाथि हातपात गर्ने काम भयो । काँधमा, पछाडि पनि । बि्रफकेस लिएर गए । त्यसलाई फुटाइएको छ । बजेट पुस्तिकालाई च्यातेर फाल्ने काम भयो । यसले के देखाउँछ भने लोकतन्त्रको उपाहस भएको छ । साथमा बजेट सुनाउने प्रक्रियामा राजस्वको गोपनीयता हुन्छ । राजस्वको दर परिवर्तन गर्दा गोप्यता हुन्छ । त्यसलाई यसलाई धज्जी उडाइएको छ । राजस्व प्रणालीलाई पनि प्रहार गरेको छ ।

यसबाट कस्तो नजिर बसायौं ? यसलाई कसैले पनि राम्रो काम गर्‍यौ र प्रजातन्त्रलाई राम्रो बनाउन भन्ने ठाउँ छैन । यसको जति निन्दा र आलोचना गरे पनि कम हुन्छ । मलाई हातपात भएपछि माननीय मन्त्री (प्रकाशशरण महत) जोगाउन जाँदा उहाँमाथि पनि हातपात भयो । अरू जाँदा तोडफोड गर्ने, माइक भाँच्ने काम भयो । यसले यत्रो समयपछि बजेट आउला, मुलुकले निकास पाउला र राजनीतिक दलहरू सुझबुझ रूपमा अगाडि बढेर काम गर्न सक्दा रहनेछन् भएको थियो । त्यो जनताको चाहना माथि तुषारापात भयो । मुलुक बन्दी भएको छ । बजेटका पुस्तिका कुनै सामान्य पुस्तिका होइन । यो नेपाललाई चलायमान गर्ने प्रक्रिया हो । जसलाई आजको कामले अवरोध गरेको छ ।

यस्तो क्रियाकलापले प्रजातन्त्र, लोकतन्त्र बलियो हुन सक्दैन । न त संविधानसभा नै बलियो हुन सक्छ । यसबाट संविधानसभा पनि कसरी बलियो हुन सक्छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks