काठमाडौं, कार्तिक १८ - नयाँ संविधान निर्माणका विषयमा विवादित विषय टुंगो लगाउन गठित उच्चस्तरीय कार्यदलको म्याद बिहीबार दोश्रोपटक थपिएको छ । बिहीबार बसेको संविधानसभाका २७ दलको बैठकले कार्यदलको म्याद मंसिर २५ गतेसम्म थपिएको छ ।
कार्यदलको पहिलो पटक थपिएको म्याद बिहीबार नै सकिँदै थियो । असोज अन्तिम साता गठन भएको कार्यदलको म्याद पहिलोपटक कात्तिक ७ गते सकिएको थियो ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा भएको संविधानसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूको बैठकले विवाद समाधानका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा सात सदस्यीय समिति बनाइएको थियो ।
प्रकाशित मिति: २०६७ कार्तिक १८ ०५:३०
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks