कान्तिपुर संवाददाता
खलंगा (रुकुम) , कार्तिक २० - रुकुमको तीकेचौरमा शनिबार बिहान यात्रुबाहक जीप पल्टँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सदरमुकाम खलंगाबाट रुकुमकोट जाँदै गरेको लु १ ज १९०६ नम्वरको यात्रुवाहक जीप तीकेचौरमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा १३ जना घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks