कान्तिपुर संवाददाता
काठमाडौ, कार्तिक २६ - प्रधानमन्त्री माधवकुमार नेपालले अर्थ र कानुन सम्बद्ध अधिकारी तथा कानुनविद्हरुसंग बजेट बारे परामर्श गरेका छन् ।
यसअघि ल्याएको एक तिहाइ रकम खर्च गर्न पाउने पेश्की बजेटको रकम र समयसीमा दुवै यही कातिकमा सकिने हुँदा साधार खर्चसमेत चलाउन नसक्ने अवस्थामा पुगेको छ ।
बजेटको अन्योलाबारे छलफल गर्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अर्थमन्त्री सुरेन्द्र पाण्डे र सचिव रामेश्वर खनाल तथा कानुनमन्त्री प्रेमबहादुर सिंह र सचिव माधव पौडेल पुगेका थिए । त्यसैगरी प्रधानमन्त्री कार्यालयका सचिव त्रिलोचन उप्रेती, नायब महान्याधिवक्ताद्वय सूर्य कोइराला र पुष्प कोइराला तथा अधिवक्ता अग्नि खरेल र टिकाराम भट्टराई सहभागी थिए।
सहभागीहरुले संबैधानिक र कानुनी रुपमा बजेट ल्याउन काम चलाउ सरकारलाई कुनै किसिमको बाधा नरहेकाले राजनीतिक सहमति जुट्न नसकेपनि मंसिरको पहिलो साता बजेट ल्याउने तयारी भएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी माओवादीले कामचलाउ सरकारसंग बजेट ल्याउन अधिकार नभएको भन्दै विरोध गरेपछि प्रधानमन्त्री नेपालले राजनीतिक सहमति जुटाउने प्रयास जारी राखेका छन् ।
यही सिलसिलामा तिहार अघि र पछि भएको तीन दलका शीर्षनेताहरुको बैठकमा छलफल भएपनि सहमति जुट्न सकेको छैन । यही २९ गते बस्ने शीर्ष बैठकमा फेरी बजेटको बारेमा छलफल गरिने र त्यसमा सहमति नजुटे पनि मंसिरको पहिलो साता नीति र कार्यक्रम विना नै बजेट ल्याउने मनस्थितिमा प्रधानमन्त्री पुगेको निकटस्थ स्रोतले जानकारी दिएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks