दाङ, कार्तिक १६ - नेकपा एमाले राप्ती अञ्चल समन्वय कमिटीको पहिलो बैठक मंगलबारदेखि दाङको तुलसीपुरमा सुरु हुँदैछ ।
अञ्चल पार्टी कार्यालय तुलसीपुरमा हुने बैठकमा अञ्चलभरीका जिल्ला अध्यक्ष र अञ्चल सदस्यहरुले आ-आफनो क्षेत्रका बारेमा प्रतिबेदन प्रस्तुत गर्ने भएका छन् ।
बैठकलाई सम्बोधन गर्न केन्द्रीय उपाध्यक्ष बामदेव गौतम र सचिव युवराज ज्ञवाली तुलसीपुर आइसकेको छन् । अर्का सचिव एवं सूचना तथा सञ्चार मन्त्री शंकर पोख्ररेल बेलुका आउने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक बिषयमा केन्दि्रत रहेर छलफल एवं परामर्श पनि हुने भएको छ । एमाले राप्ती अञ्चल इञ्र्चाज प्रकाश ज्वालाका अनुसार बैठकमा कार्य बिभाजन र भावि कार्ययोजनाको बारेमा पनि छलफल हुनेछ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks