Loving nepal news

Wednesday, November 17, 2010

बर्दिया बन्द

काठमाडौ, मंसिर २ - नेपाली कांग्रेस बर्दिर्याले क्षेत्र नं ३ का कोषाध्यक्ष दलबहादुर गुरुङको हत्या गरेको बिरोधमा बिहीबार देखि अनिश्चत कालिन बर्दिया बन्दको आव्ह्रान गरेको छ ।

हत्यामा संलग्नमाथि कारबाही, मृतक सहीद घोषणा, शान्ति सुरक्षाको व्यवस्था कडा पार्नुपर्ने लगायत माग गर्दै बन्द आव्ह्रान गरिएको हो । बन्दका कारण यातायत, पशल, उद्योग शिक्षण संस्था बन्द छन् ।

४८ वर्षीय गुरुङको गत सोमबार राति साढे ११ बजे अज्ञात व्याक्तिहरूले धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । हत्यामा संलग्न भएको आशंकामा ताराताल गाविस ३ बस्ने धिरज चौधरी र विजय चौधरी माओवादी कार्यकर्ता मेवालाल गौतम र गाविसका कर्मचारी आनन्द सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks