Loving nepal news

Sunday, November 14, 2010

झुल्किए, हराए * सुरुआती सफलतालाई यी गायकले सम्हाल्न सकेनन्


विमल खतिवडा

काठमाडौ, कार्तिक २९ - कुनै बेला अग्लिज ब्यान्डका सरुन ताम्राकारको गीत 'तिम्रो न्यानो अँगालो...' जताततै सुनिन्थ्यो । अस्ट्रेलियाबाट घर फर्केका बेला गाएको यो एउटै गीतले सरुनलाई एकाएक युवा संगीत पारखीमाझ पुर्‍यायो ।

तर अहिले न सरुन सुनिइन्छन्, न त उनको ब्यान्डकै खबर छ । पूर्व मिस नेपाल पायल शाक्यलाई जीवनसाथी बनाएका उनी अस्टे्रलियामै रमाइरहेका छन् ।

सरुन जस्तै एउटै गीत गाएर चर्चा कमाउन सफल राजन इसान्ाले पनि त्यसलाई दिगो राख्न सकेनन् । दशकअघि उनको सुरुआती गति 'बसमा छैन मेरो मन...' निकै चलेको थियो । तर उनले 'रोहिनी' पछि अर्को एल्बम ल्याउन सकेका छैनन् । सांगीतिक क्षेत्रमा जम्न नसकेर हो वा श्रोताको मन जित्न नसकेर हो उनी एक वर्षअघि परिवारका साथ बेलायत पलायन भए ।

त्यस्तै २०६२ मा 'फेस' एल्बम ल्याएका बाराका विवश पौडेलले अर्को एल्बम निकाल्न सकेनन् । उक्त एल्बमका 'यो माया...' र 'एक्लोपन...' धेरै रुचाइएका थिए ।

'कैयौं फ्यानले इमेल र फोनमार्फत प्रतिक्रिया पठाउने गर्नुभएको छ,' कान्तिपुर टेलिभिजनमा कार्यरत उनले भने, 'अबको एक वर्षभित्र प्रशंसककै लागि भए पनि दोस्रो एल्बम ल्याउनेछु ।'

विवशका अनुसार म्युजिक कम्पनीले गर्ने शोषणका कारण नयाँ धेरैजसो गायकगायिका पलायन हुने गरेका हुन् । 'एल्बम त निकाल्ने भन्यो,' उनले भने, 'तर म्युजिक कम्पनीले गद्दारी गर्छन् ।' कम्पनीले सिडी लिने र सिडीको रकम नदिने हुँदा पहिलोपटक सांगीतिक क्षेत्रमा उदाएकाहरू दुःखी बनी विदेश पलायन हुन बाध्य बन्न्ो गरेको उनको भनाइ छ । कोही सांंगीतिक क्षेत्रमा जम्न नसकेर त कोही गीत हिट भएर पनि एल्बम निकाल्दा लागेको लगानी उठाउन नसक्दा सांगीतक क्षेत्रबाट गुम्ानाम बन्ने गरेका छन् ।

एकताका 'चरी भरर...' गीतले लोकपि्रय बनेका मनोज श्रेष्ठ पनि अहिले बेखबर छन् । उनले पनि अर्को एल्बम श्रोतामाझ ल्याउन सकेनन् । भैरहवाका उनी अहिले अमेरिकामा छन् ।

एउटा गीत गाएर चर्चित बनी हराएकाहरू दर्जनौं छन् । 'प्रेरणा' एल्बम लिएर सांगीतिक प्रतिस्पर्धामा उत्रिएका दार्जिलिङे गायक देवनारायण प्रधानले आठ वर्ष बितिसक्न लाग्दा पनि अर्को एल्बम ल्याएका छैनन् ।

प्रेरणा एल्बमको 'कति कुरा न भनेर नै...' भन्ने बोलको गीत चर्चित बन्यो । गायक नारायण गोपालको जस्तो स्वर भनेर चर्चा पाएका प्रधानले गाएको यो गीत सञ्चार माध्यममा निकै बज्न सफल भयो । सांगीतिक क्षेत्रबाट बेखबर उनी दार्जिलिङ फर्किए कि विदेश पलायन भए, कसैलाई पत्तो छैन । त्यस्तै, 'बलेको आगो जलेको प्रेम...' बोलको गीतबाट लाखौं श्रोताको मनमा बस्न सफल गायक राजीव लोहनीको समेत अत्तोपत्तो छैन । ०६२ सालमा 'टयुन' नामक एल्बम सार्वजनिक गरेका उनले स्वर जाँच्ने काम मात्र गरे ।

एउटा गीत गाएर श्रोताको मन जित्न सफल गायकहरू कोही विदेश पलायन छन् त कोही सांगीतिक पेसालाई साइडमा राखेर अन्य पेसा अँगाल्दै । यस्तै 'मेरो यो सानो घरैमा...' बोलको गीतबाट चर्चा बटुल्न सफल राजेन पाण्डे समेत सांगीतिक दुनियाँमा बेखबर छन् । एउटा गीत गाएर युवा पुस्तामाझ लोकपि्रय हुन नपाउँदै अधिकांश युवा गायक सांगीतिक क्षेत्रबाट विलाप हुने गरेका छन् ।

यस्तै, २०६२ सालमा 'कचकच' एल्बममा समावेश 'अलिकति घर ढिला आए पनि कचकच...' बोलको गीतले चर्चा पाए पनि यसको बिक्रीबाट गायक शिशिर सुवेदीले एक रुपैयाँ पनि लिन पाएनन् ।

'अर्को एल्बम पनि निकाल्ने सुरमा थिएँ,' कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको 'घरबेटी बा'को निर्देशनमा व्यस्त उनले भने, 'पहिलो एल्बम निकाल्दैमा म्युजिक कम्पनिले डुबाइदियो, अब कसरी अर्को एल्बम निकाल्ने ?' कम्पनीहरूले एल्बम निकाल्न सहयोग गरे पनि एल्बमका गीत चर्चित भए अनुरूपले पारिश्रमिक नपाउँदा नव गायकहरू पीडित बन्ने गरेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks