काठमाडौं, कार्तिक १५ - रिक्त संवैधानिक अंगका पदाधिकारीहरुको नियुक्तिको विषयलाई लिएर बसेको संबैधानिक परिषद्को बैठक सोमबार विषय प्रवेश नै नगरी सकिएको छ ।
करिव आधा घण्टा बसेको बैठकमा कुनै विषय प्रवेश नै नगरेको परिषद्का सदस्य सभामुख सुवासचन्द्र नेम्वाङले संवाददाताहरुलाई भने । 'सवैधानिक अंगका पदाधिकारीहरुको नियुक्तिको बिषयमा छलफलका लागि भनेर हामीलाई बोलाइएको थियो,' नेम्वाङले भने, 'तर, आजको बैठकमा विषय प्रवेश नै भएन ।'
सोमबार दिउँसो माओवादी अध्यक्ष पुष्पकमल दाहाले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी परिषद्को बैठकलाई सके स्थगित गर्न, त्यसो हुन नसके विषय प्रवेश नगर्न आग्रह गरेका थिए ।
नेम्वाङका अनुसार दाहालले मंगलबार दिउँसो बस्ने शीर्ष नेताहरुको बैठकमा एक पटक छलफल गरेपछि मात्र बैठक बोलाउनको लागि गरेको अनुरोधका कारण विषय प्रवेश नगरिएका हुन् ।
आइतवार सरकारले विपक्षी दलको नेताको रुपमा परिषद्को सदस्यको रुपमा बैठकमा उपस्थितीका लागि पठाएको पत्र दाहालले बुझ्न मानेका थिएनन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks