Loving nepal news

Sunday, November 7, 2010

चक्कु प्रहारबाट युवकको मृत्यु

कान्तिपुर संवाददाता

सुर्खेत, कार्तिक २२ - जर्बुटा गाउँ विकास समिति-१ गाग्रतालमा चक्कु प्रहराबाट एक युवकको ज्यान गएको छ ।

तिहारको वेलामा दुई जना बीच दिउँसो भएको विवादपछि आइतबार साँझ चक्कु प्रहारबाट जुर्वटा-१ गाग्रेतालका १८ वर्षीया कमल गौतमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक जीवन श्रेष्ठले बताएका छन् ।

दुई समूह बीच भएको विवादपछि घटना भएको र घटनामा सम्लग्न जर्बुटा-१ कै प्रयागराज दाहाललाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताएका छन् । उनले दाहाल सहित गाग्रेतालबाट ४जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।

यसैबीच लाटीकोइली-४ बामेखोलामा भएको विवादमा लालबहादुर चौधरीले धारीलो हतियार प्रयोग गरी खम्बे नेपालीलाई हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते नेपालीको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks